दशनामी समाज इलामको अध्यक्षमा तुलाराम पुरी – Balen Path
समाचार दशनामी समाज इलामको अध्यक्षमा तुलाराम पुरी अर्थ वाणिज्य कृषि ज्ञान केन्द्र इलामको बार्षिक स्वीकृत कार्यक्रम सार्वजनिक अर्थ वाणिज्य इलामको जौवारीबाट ४ लाख बढीको भन्सार छलीको समान सशस्त्र प्रहरीद्धारा नियन्त्रण Uncategorized इलामको जौवारीबाट ४ लाख बढीको भन्सार छलीको समान सशस्त्र प्रहरीद्धारा नियन्त्रण प्रदेश १ इलामका १५ कर्मचारी पुरस्कृत Uncategorized करेन्ट लागेर इलामका अमृतको मृत्यु प्रदेश १ कोशीका मुख्यमन्त्रीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा एमालेको रिट प्रदेश कोशी प्रदेश सभा अनिश्चितकालका लागि स्थगित अर्थ वाणिज्य सहारा नेपालको आयोजनामा रोङमा कपुरधुप बनाउने तालिम सम्पन्न अर्थ वाणिज्य फिक्कलको पार्वती मेडिकोले बुझायो २ लाख जरिवाना
Balen Path menu advertisement

दशनामी समाज इलामको अध्यक्षमा तुलाराम पुरी

  • प्रकाशित मितिः July 12, 2024
  • balenpath

कन्याम : नेपाल दशनामी समाज इलाम जिल्लाको चौथो जिल्ला अधिवेशनले तुलाराम पुरीको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।इलामको कन्याममा भएको अधिवेशनले पुरीको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

समाजका इलाम अध्यक्ष बेदप्रसाद गिरीको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश सभा सदस्य गोबिन्द गिरीको प्रमुख आतिथ्य रहेको थियो । स्वागत सूर्योदय नगरपालिका वडा परिषद सदस्य पदम गिरीले गरेको कार्यक्रममा प्रमुख अतिथि गोबिन्द, समाजका पूर्व केन्द्रिय सदस्य अभिनन्दन गिरी, पूर्व कोशी प्रदेश अध्यक्ष चन्द्रप्रसाद गिरी, कोशी प्रदेश अध्यक्ष पदमबहादुर पुरी (प्रकाश), कोशी प्रदेश सह–सचिव उमेश भारती, कोशी प्रदेश सदस्य सीता भारती, पाँचथर अध्यक्ष रामप्रसाद भारतीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन सचिव प्रेम गिरीले गरेका थिए । आगामी दिनमा दशनामीहरुले कुनैपनि बैठक बस्नुअघि दशनामीका शहिद राजन गिरी र चन्द्र पुरीको तस्वीरमा फुलगुच्छाले माल्यपर्ण गरेर बैठक बस्ने परम्पराको विकास गर्नु पर्नेमा सवैले जोड दिएका छन् । उनीहरुले देशभर रहेका दशनामीका संघ÷संगठनहरुले उक्त परम्परा शुरु गर्नु पर्ने बताएका छन् ।

TOP