ए डिभिजन लिगमा मनाङद्वारा संकटा पराजित – Balen Path
समाचार दशनामी समाज इलामको अध्यक्षमा तुलाराम पुरी अर्थ वाणिज्य कृषि ज्ञान केन्द्र इलामको बार्षिक स्वीकृत कार्यक्रम सार्वजनिक अर्थ वाणिज्य इलामको जौवारीबाट ४ लाख बढीको भन्सार छलीको समान सशस्त्र प्रहरीद्धारा नियन्त्रण Uncategorized इलामको जौवारीबाट ४ लाख बढीको भन्सार छलीको समान सशस्त्र प्रहरीद्धारा नियन्त्रण प्रदेश १ इलामका १५ कर्मचारी पुरस्कृत Uncategorized करेन्ट लागेर इलामका अमृतको मृत्यु प्रदेश १ कोशीका मुख्यमन्त्रीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा एमालेको रिट प्रदेश कोशी प्रदेश सभा अनिश्चितकालका लागि स्थगित अर्थ वाणिज्य सहारा नेपालको आयोजनामा रोङमा कपुरधुप बनाउने तालिम सम्पन्न अर्थ वाणिज्य फिक्कलको पार्वती मेडिकोले बुझायो २ लाख जरिवाना
Balen Path menu advertisement

ए डिभिजन लिगमा मनाङद्वारा संकटा पराजित

  • प्रकाशित मितिः July 12, 2024
  • balenpath

१५ माघ, काठमाडौं । साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजन लिगमा अपराजित यात्रालाई ९ खेलसम्म पुर्‍याएको छ ।

लिग अन्तर्गत बुधबार भएको खेलमा मनाङले साविक उपविजेता संकटा क्लबलाई ३-० ले पराजित गरेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा मनाङका लागि अन्जन विष्ट र निशान सुब्बाले एक-एक गोल गरे । संकटाका अमित तामाङले एक आत्मघाती गोल गरे ।

४१ औं मिनेटमा लुइस भिडालको क्रसमा अन्जन विष्टको प्रहारलाई संकटाका डिफेण्डर अमित तामाङले आफ्नै पोस्टमा गोल गर्दा मनाङले खेलमा अग्रता लियो । ४३ औं मिनेटमा अन्जन विष्टले पेनाल्टी बक्सबाट गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।

फेमी जोसुअको पासमा संकटाका डिफेन्डर रोमन लिम्बुले गल्ती गर्दा अन्जनले एकल प्रयासमा गोलकिपरलाई विट गर्दै गोल गरेका थिए । ५३ मिनेटमा मनाङका विमल रानाले गरेको गोल अफसाइड भएको भन्दै रेफ्रीले मान्यता दिएनन् ।

त्यस्तै ७३ औं मिनेटमा निशाल लिम्बुले पेनाल्टी बक्सको दायाँ भागबाट उत्कृष्ट गोल गर्दा मनाङले ३-० को अग्रता बनाएको थियो ।

खेलको सातौं मिनेटमा अन्जन विष्टको प्रहार डिफ्लेक्ट भएपछि निशान लिम्बुको प्रहारलाई संकटाका गोलरक्षक बिनय श्रेष्ठले बचाएका थिए ।

१५ औं मिनेटमा मनाङका कमल श्रेष्ठले मासाउकेलाई फउल गरेपछि प्राप्त फ्रिकिकमा संकटाका सुवास गुरुङको प्रहारलाई मनाङका गोलरक्षक दीप कार्कीले पञ्च गर्दै बचाए ।

२० औं मिनेटमा मनाङका बिमल रानाको प्रहारलाई संकटाका गोलकिपर बिनय श्रेष्ठले बचाउन नसक्दा बिष्णु सुनारले गोललाइन नजिकबाट क्लियर गरेका थिए ।

यस सिजन मनाङको यो पाँचो जीत हो । जीतपछि ९ खेलबाट १९ अंक जोडेको मनाङले दोस्रो स्थानको मछिन्द्र क्लबसंग अंक बराबरी गरेको छ भने शीर्ष स्थानको त्रिभुवन आर्मीसंग अंकदूरी १ मा झारेको छ ।

संकटा ९ खेलबाट १२ अंकसहित आठौं स्थानमा छ ।

TOP