फाकफोकथुम गाउँपालिकाको बजेट ५८करोड ७७ लाख (पूर्ण विवरण सहित) – Balen Path
समाचार दशनामी समाज इलामको अध्यक्षमा तुलाराम पुरी अर्थ वाणिज्य कृषि ज्ञान केन्द्र इलामको बार्षिक स्वीकृत कार्यक्रम सार्वजनिक अर्थ वाणिज्य इलामको जौवारीबाट ४ लाख बढीको भन्सार छलीको समान सशस्त्र प्रहरीद्धारा नियन्त्रण Uncategorized इलामको जौवारीबाट ४ लाख बढीको भन्सार छलीको समान सशस्त्र प्रहरीद्धारा नियन्त्रण प्रदेश १ इलामका १५ कर्मचारी पुरस्कृत Uncategorized करेन्ट लागेर इलामका अमृतको मृत्यु प्रदेश १ कोशीका मुख्यमन्त्रीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा एमालेको रिट प्रदेश कोशी प्रदेश सभा अनिश्चितकालका लागि स्थगित अर्थ वाणिज्य सहारा नेपालको आयोजनामा रोङमा कपुरधुप बनाउने तालिम सम्पन्न अर्थ वाणिज्य फिक्कलको पार्वती मेडिकोले बुझायो २ लाख जरिवाना
Balen Path menu advertisement

फाकफोकथुम गाउँपालिकाको बजेट ५८करोड ७७ लाख (पूर्ण विवरण सहित)

  • प्रकाशित मितिः July 12, 2024
  • balenpath

फाकफोकथुम :   १४औगाउँअधिवेसनमा २०८०असार१० गते उपाध्यक्ष कल्पना राईज्यूले प्रस्तुत गर्नु भएको आर्थिक बर्ष २०८०।८१ को बजेट बक्तब्यगाउँ सभा बैठकका अध्यक्ष एवं फाकफोकथुम गाउँपालिकाका अध्यक्षज्यू,गाउँ सभाका सम्पूर्ण सदस्यज्यूहरु,१. फाकफोकथुम गाउँपालिकाको आगामी आ.ब. २०८०।०८१को बार्षिक बजेट तर्जुमा गर्ने सन्दर्भमा यसको पूर्व शर्त तथा मार्गदर्शनको रुपमा रहेको नीति तथा कार्यक्रम सभाको बैठकमा प्रस्तुत भई पारित भई सकेको छ । यसका निम्ति म यस सम्मानित सभा प्रति आभार प्रकट गर्दछु । गाउँ सभाको यस बैठकमा आगामी आ.ब. २०८०।०८१ को बजेट पेश गर्नु पूर्व अग्रगामी परिवर्तनका साथै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना सम्मको लागि जीवन वलिदान गर्नु हुने सम्पूर्ण शहीदहरु प्रति सम्मानपूर्वक हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।२. स्थानीय तहको निर्वाचन पश्चात स्थानीय शासन र विकास प्रकृयामा प्रत्येक नागरिक आफैं संलग्न हुने वातावरण बनेको ७ वर्ष पुगेको छ । हामी ७ औ वर्षको लागि गृहकार्य स्वरुप वार्षिक योजना निर्माणको चरणमा छौं । यो समयलाई आर्थिक, सामाजिक रुपान्तरणको रुपमा उपयोग गरी जनचाहना पुरा गर्ने दायित्व र अवसर दुवै हामी जननिर्वाचित प्रतिनिधिहरुको नै हो ।३. जनताले आफ्नै घरदैलोमा आफैँले बनाएको अधिकार सम्पन्न सरकार पाएका छन् । आज त्यही स्थानीय सरकारको तर्फबाट फाकफोकथुम गाउँपालिकाको बार्षिक बजेट प्रस्तुत गर्न पाउदा अत्यन्त हर्षित छु ।  देशमा आएको आर्थिक मन्दीका कारण र संघीयता कार्यान्वयन सँगै स्थानीय तहले आफ्नो आन्तरीक श्रोतको बढाई आत्मनिर्भर गर्नुपर्ने व्यवस्था अनुसार संघीय समानिकरण तथा राजश्व बाँडफाँड मार्फत प्रप्त हुने अनुदान वर्षै पिच्छे घट्दो क्रममा रहेको र यस गाउँपालिकाको आन्तरिक श्रोत समेत अत्यान्त न्यून भएको कारण यस पालिकाले विनियोजन गर्ने वजेट प्रत्येक वर्ष घट्दो क्रममा रहेको छ । असिमित विकासका आकांक्षा र सिमित श्रोतका कारण आयोजनाहरुलाई छिटो र छरितो रुपमा सम्पन्न गर्न कठिनाई भएको छ, यसका बाबजुत आगामी दिनमा संघीय सरकार र प्रदेश सरकार सँग आवश्यक समन्वय गरी कमी रहेको वजेटलाई परिपूर्ति गर्ने विश्वासका साथ यो सम्मानित सभामा आगामी आ.व. २०८०।०८१ को केही महत्वकांक्षी बजेट वाचन गर्न गईरहेको छु ।सभाका अध्यक्ष महोदय,सभाका सदस्यज्यूहरु,४. चालु आर्थिक बर्ष २०७९।८० को बार्षिक बजेट तथा कार्यक्रम हामीले यसै सभाबाट पारित गरी अहिले कार्यान्वयन गरिसकेको अबस्थामा छौं । अब म आ.ब. २०७९।८० को बार्षिक बजेट तथा कार्यक्रमको कार्यान्वयनको समिक्षा र प्रगती संक्षिप्त रुपमा प्रस्तुत गर्न चाहन्छु ।क) आ.ब. २०७९।८० को लागि ११ औगाउँ सभाबाट यस फाकफोकथुम गाउँपालिकाको कुल आय ५१ करोड ३४ लाख १५ हजारअनुमान गरी योजना तथा कार्यक्रम संचालनमा रहेका छन् । जस मध्ये संघीय सशर्त अनुदान २५करोड ६५ लाख,संघीय समानिकरण अनुदान १० करोड ७९ लाख,  संघीय सरकार राजस्वा बाँडफाट ८ करोड १७ लाख १२ हजार,संघीय समपुरक अनुदान ४० लाख,कोशी प्रदेश सशर्तद अनुदान ७ लाख ३२ हजार,कोशी प्रदेश सरकार समानीकरण अनुदान ५८ लाख १६ हजार,कोशी प्रदेश राजस्व बाँडफाट ४७ लाख ५५ हजार रुपैयाँ,कोशी प्रदेश समपुरक अनुदानबाट १ करोडरहेको थियो । यसमाअन्य आन्तरीक आय, बैंक मौजात अनुमान ३ करोड ५० लाख तथा आन्तरिक आय अनुमान करीब ७० लाख समेत थप गरीर संशोधित आय अनुमान५१ करोड ३५ लाख १५ हजार रहेको थियो ।ख) आ.व. २०७९।८० को लागि ११ औगाउँ सभाबाट यस फाकफोकथुम गाउँपालिकाको कुल आय ५१ करोड ३४ लाख १५ हजार अनुमान गरिएको मध्ये शसर्त बाहेकका योजना तथा कार्यक्रम निम्नानुसार संचालनमा रहेकोछ ।१. आर्थिक विकास क्षेत्रः रु १ करोड ४१ लाख ६० हजार ।  (५.८४ प्रतिशत)२. सामाजिक विकास क्षेत्रः रु.३ करोड ५९ लाख । (१४.८२ प्रतिशत)३. पूर्वाधार विकास क्षेत्र: रु.४ करोड ९७ लाख।(२०.५२ प्रतिशत)४. वातावरण तथा विपद व्यबस्थापन क्षेत्रः रु.६२ लाख ५० हजार। (२.५८ प्रतिशत)५. संस्थागत विकास तथा सेवा प्रवाह:९७ लाख । (४ प्रतिशत)६. कार्यालय सञ्चालन तथा प्रशासनिक(चालु खर्च):९ करोड १४ लाख ६१ हजार(३७.७६ प्रतिशत)७. वडा सिलिङ तर्फको कार्यक्रम/योजनाहरु:३ करोड ५० लाख (१४.४५प्रतिशत)८. अन्यत्र वर्गिकृत नभएको (पुँजिगत/चालु ):०.(०.००)सभाका अध्यक्ष महोदय,सभाका सदस्यज्यूहरु,५. अब म यस सम्मानित सभामा आगामी आर्थिक बर्ष २०८०।०८१को बार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु ।क) आ.ब. २०८०।०८१को बजेट क्रममा निम्न बिषयहरुलाई आधार लिएको छु । नेपालको संविधानमा निर्दिष्ट सिद्धान्त तथा नीति, स्थानीय तहको अधिकार क्षेत्र, दीगो विकासको लक्ष्य, पन्ध्रौ योजनाले तोकेका प्राथमिकताहरु, नेपाल सरकारले जारी गरेको आ.ब. ०८१।०८१ को बजेट, प्रदेश सरकारबाट प्राप्त बजेट तर्जुमा सम्बन्धि मार्गदर्शन, अर्थ मन्त्रालयबाट प्राप्त आ.ब. ०८०।०८१ को बजेट कार्यान्वयन सम्बन्धि मार्गदर्शन, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट जारी भएका मार्गदर्शन, परिपत्र तथा दिग्दर्शनहरु, स्थानीय जनताको माग, चाहना तथा आवश्यकता, स्थानीय स्रोतको उपलब्धता, गाउँपालिकाले चालु आ.व. २०७९।०८० मा निर्माण गरेको आवधिक विकास योजनाको प्ररम्भिक मस्यौदा, गाउँ कार्यपालिकाबाट पारित निति तथा कार्यक्रम ।६. बजेटका चुनौतिहरुकमजोर र कठिन भौगोलिक भू-बनोट, भौतिक पूर्वाधारको न्यूनता, उत्पादनशिल जनशक्तिको पलायन, छरिएका बस्तीहरु, बजेटको आन्तरीक श्रोत,शासकीय क्षमता अभिवृद्धि गर्ने, सार्वजनिक निर्माणमा गुणस्तर कायम गर्ने, बजेट कार्यान्वय क्षमता अभिवृद्धि गर्ने, सुशासन कायम गर्ने बिषयहरु हाम्रो सामु चुनौतिको रुपमा रहेका छन् ।७. बजेटका उदेश्यहरुउपर्युक्त चुनौतिहरुको सामना गर्दै“कृषि, पशु, पर्यटन र रोजगार समृद्धफाकफोकथुमको आधार” समृद्ध फाकफोकथुम गाउँपालिका निर्माणको अभियानलाई अघि बढाउन बजेटका उदेश्यहरु निम्नानुसार निर्धारण गरेको छु । स्वास्थ्य क्षेत्रमा विशेष योजना तथा कार्यक्रम ल्याउने, दीगो, समावेशी र उच्च दरको आर्थिक वृद्धि हासिल गर्ने, कृषिमा आधुनिकीकरण गरी उत्पादकत्व वृद्धि गर्ने, पशु विकास कार्यक्रमलाई क्षेत्रगत रुपमा वृद्धि तथा विकास गर्ने, स्थानिय स्तरमा रोजगारीको अवसरहरु सृजना गर्दै युवाहरुलाई स्व-रोजगार बनाउदै जाने, गाउँपालिका मातहतका कार्यालयहरु तथा सम्पूर्ण क्षेत्रलाई प्रविधिमैत्री बनाउने, गुणस्तरीय तथा प्रविधि मैत्री शिक्षा प्रदान गर्ने, गाउँपालिकाबाट प्रवाह गर्ने सेवामा चुस्तता तथा आम नागरिकको पहुंच वृद्धि गर्ने, योजनाबद्ध रुपमा द्रुत गतिमा पूर्वाधारको विकास गर्ने, सबै प्रकारका विकासमा दीगोपन कायम गर्ने, फाकफोकथुमका आम नागरिकको आर्थिक, सामाजिक अवस्थालाई सुधार गर्ने ।८. बजेटका प्राथमिकताः बजेटले निम्न बिषयहरुलाई प्राथमिकतामा राखेको छ । पशु विकासको क्षेत्रगत कार्ययोजनालाई अघि बढाई नश्ल सुधार, गोठ सुधार गरी आयआर्जनमा वृद्धि विकास पुर्याउने, कृषिको आधुनिकीकरण, पकेट क्षेत्रको विकास, बिउ बिजन उत्पादन  तथा व्यवसायीकरण र यान्त्रिकरण, सडक, सिंचाई, खानेपानी, विद्युत संरचना निर्माण र स्तरउन्नती, शैक्षिक गुणस्तरमा सुधार, दीगो संरचनाको निर्माण, उत्पादन र उत्पादकत्वमा वृद्धि, सामाजिक, आर्थिक बिकास मार्फत जीवनस्तरमा वृद्धि, सार्वजनिक प्रशासन र सेवा प्रवाहमा सुधार तथा सुशासनमा जोड, रोजगारीका अवसरहरुकोसृजना, महामारी रोकथाम तथा न्यूनिकरण, स्वास्थ्य सेवाको पहुंच गुणस्तरमा सुधार, नयाँ उद्यमीहरुको सृजना तथा प्रोत्साहन, दिगो विकासका लक्ष्यहरुलाई स्थानियकरण गर्ने।सभाका अध्यक्ष महोदय,सभाका सदस्यज्यूहरु,९. सर्वप्रथम म यिनै चुनौती, उदेश्य र प्राथमिकताको सेरोफेरोमा रहेर यस गाउँपालिकाको आ.व. २०८०।०८१को बजेट तथा कार्यक्रम प्रस्तुत गर्न गइरहेको छु । आ.व. २०८०।०८१को आयको मुल श्रोत गाउँपालिकाबाट लगाइएका कर र गैर कर राजश्व, संघीय सरकारबाट प्राप्त हुने समानिकरण अनुदान, राजश्व बाँडफाँडबाट प्राप्त हुने रकम,समपुरक अनुदान,सशर्त अनुदान तथा कोशी प्रदेश सरकारबाट प्राप्त हुने समपुरक अनुदान,समानिकरण अनुदान, राजश्व बांडफांडबाट प्राप्त हुने रकम, रहेको छ साथैआ.व. २०८०।०८१ मा खर्च नभई जिम्मेवारी सर्ने रकम रहेको छ । यी सबै शिर्षकबाट प्राप्त हुने रकम समेतका आधारमा आ.व. २०८०।०८१को लागि रु.५८ करोड ७७ लाख ८८ हजार रुपैयामात्र विनियोजन गरेको छु । विनियोजन मध्ये चालुतर्फ रु.३२ करोड ८६ लाख २० हजाररुपैया अर्थात ५६.०९प्रतिशत, पुंजिगत तर्फ रु. २५ करोड ७१ लाख ६८ हजार मात्र अर्थात४३.९१ प्रतिशत रहेको छ ।१०.अब म क्षेत्रगत आधारमा विनियोजन भएको बजेट तथा कार्यक्रम प्रस्तुत गर्दछु ।(क) पूर्वाधार विकास क्षेत्रःगाउँपालिकाका क्षेत्रमा पूर्वाधार शिर्षकमा संचालन हुने योजनाहरुको निर्माण र स्तरोन्नती सम्पन्न भएपछि गाउँपालिकाको समृद्धिको ढोका खोल्ने विश्वास लिएको छु । विभिन्न क्षेत्रहरुको पूर्वाधार विकासमा रु. ७ करोड३२ लाख ४२ हजार विनियोजन गरेको छु ।यस अन्तर्गत गाउँपालिकाको खोलाहरुमामोटरेवल पुल, ह्युम पाईप जडान,पक्की नाली निर्माण,विद्युत विस्तार, सूचना प्रविधि विस्तारका कार्यक्रमहरु, सडक स्तरोन्नती ग्राभेल तथा सोलिङ, खेल मैदान निर्माणका कार्यहरु, लक्षित वर्गका भवन निर्माणहरु आदि रहेका छन् । गाउँपालिका कार्यालयको माथिल्लो भवनको ट्रस्टनिर्माणको लागि दायित्व सृजना भएको र भुक्तानीको लागि रकम अपुग भएको कारण आगामी आ.व. २०८०।०८१ मा अल्या गरी भुक्तानी दिनको लागि २० लाख विनियोजन  गरेको छु । गाउँपालिकाभित्रका मुख्य सडक बाटोहरुमा बाह्रै माहिना यातायात सञ्चालनका लागि गाउँपालिकाको स्काभेटर, व्याक्कु लोडर,ट्याक्टरको समुचित प्रयोग तथा रोलर मेसिन भाडामा लिई सडकको सोलिङ, ग्राभेल तथा स्तरोन्नती गर्न सवारी साधन इन्धन खर्चमा ७० लाख तथा सवारी साधन भाडा खर्चमा ३५ लाख विनियोजन गरेको छु।साथै उक्त रकमबाट यस गाउँपालिकाका वडाहरुको देहाय अनुसारका सडकहरु मर्मत सम्भारका प्रथामिकिकरण गरी राखेको छु ।१. लुम्दे जालपा कैजले फुएतप्पा सिंहदेवी मा.वि. ४ नं वडा कार्यालय सडक,२. आमचोक ठिंगेपुर खाम्बाङ हुदै २ नं वडा कार्यालय जोड्ने सडक,३. तिलपुङ होयाङ्मा सडक,४. रुपाटार सिंङलाबु सडक,५. देउमाई दोभान अन्तरे डाँडा आङचेरे सडक । गाउँपालिका तथा मातहतका वडाहरुलाई समयानुकुल प्रविधि मैत्री बनाई समयानुकुल गाउँपालिका सँग केन्द्रिकृत गर्नआवश्यक बजेटविनियोजन  गरेको छु । सरकारी कार्यलयहरु तथा गाउँपालिका भित्रका मुख्य मुख्य बजार क्षेत्रहरुमा दिगो उर्जा विकासका लागि लघु जलविद्युत आयोजनाहरुको व्यवस्थापनको लागि हेरालु व्यस्थापन गर्न रु. ९ लाखविनियोजन  गरेको छु । गाउँपालिका भित्रका विभिन्न महत्वपूर्ण सडक पूर्वाधार,खानेपानी,सिंचाई आयोजना तथा पर्यटकिय क्षेत्रहरुको DPRर पार्श्व चित्र निर्माणको लागि ३० लाख विनियोजन गरेको छु । फाकफोकथुम गाउँपालिका केन्द्रमा रहेको शुक्रबारे बजार कालोपत्रे निर्माणको लागि लगानी साझेदारीको लागि  सम्बन्धि श्रोत पहिचानको लागि संघिय सरकार तथा प्रदेश सरकार सँग साझेदारीको लागि आवश्यक १ करोड विनियोजन गरेको छु । उक्त योजना कार्यान्वयनका लागि संघिय तथा प्रदेश मन्त्रालयमा आवश्यक समन्वयका लागि तत्काल प्रकृया थालिनेछ । गाउँपालिकाको आर्थिक विकास सँग जोडिएको पर्यटन पूर्वाधार विकास पनी एक हो, पर्यटन पूर्वाधार विकासले यस गाउँपालिका निवासी जनताहरुको जिवन स्तर विकास र सुदृढिकरणमा विशेष टेवा पुर्याेउने  हुनाले पर्यटनको आगमनको सम्भावनालाई मध्यनजर गर्दै फाकफोकथुम वडा नं ५, लुम्देमा अवस्थित झिलको पूर्वाधार सुव्यवस्थित गर्नको लागि रु. २० लाख विनियोजन गरेको छु ।(ख) सामाजिक विकास क्षेत्रः शिक्षा, स्वास्थ्य र स्वच्छ पिउने पानीको सहज पहुंच नागरिकको नैसर्गिक अधिकार हो । यसै गरी सबै किसिमका धर्म संस्कृतीको सम्बर्धन र प्रवर्धन हुनु पर्छ । तसर्थ शिक्षा, स्वास्थ्य, शुद्ध पिउने पानी, संस्कृती लगायत सामाजिक विकास क्षेत्रमा सबैको पहुंच स्थापित गर्न रु.४ करोड १५ लाख ७० हजारविनियोजन गरेको छु । यसमा  फाकफोकथुम गाउँपालिका वडा नं ०७, एकतप्पामा अवस्थित एकतप्पा बहुमुखी क्याम्पसको लागि दिईएको गत वर्ष दिईए झै यस वर्ष पनि शैक्षिक अनुदान रु.१० लाख रुपैया रहेको छ र गाउँपालिका भित्र रहेका बालविकास सामुदायिक अध्ययन केन्द्र तथा विद्यालय कर्मचारी खर्च शिक्षातर्फ १ करोड १२ लाख २७ हजार पनि समावेश गरिरएको छ । महिलाहरुको क्षमता अभिवृद्धि गर्न तथा आत्मनिर्भर उन्मुख केन्द्रित गर्न तथा पिछडिएका महिलाहरुलाई आत्मनिर्भर तर्फ उन्मुख गर्ने हेतुले उद्यमी महिला महासंघ साझेदारी कार्यक्रमकव लागि रु.५ लाख विनियोजन गरेको छु । खानेपानीको पहुच नपुगेका गाउँपालिका भित्रका विभिन्न क्षेत्रहरुमा खानेपानिको एकमुस्ट कार्यक्रम सञ्चालनको लागि साना खानेपानी निर्माण शिर्षकमा रु. १५ लाख विनियोजन गरेको छु । साथै संघीय विशेष अनुदान तर्फको ८२ लाख बराबरको खानेपानी योजना पनी सञ्चालन हुने व्यहोरा जानकारी गराउन चाहान्छु । स्वीजरल्याण्ड सरकारको सहयोगमा सञ्चालित सिंचाई कार्यक्रम साझेकारी कार्यक्रमको लागि साना सिंचाई कार्यक्रम साझेदारी शिर्षकमा साना सिंचाई कार्यक्रम(SIP)कालागि यस गाउँपालिकाको तर्फबाट २० प्रतिशतले हुन आउने रकम रु.९४ लाख विनियोजन गरेको छु, सय अन्तर्गत प्रदेश सरकारले बाँकी २० प्रतिशत र स्वीस सरकारको सहयोग सहित संघिय सरकारको ६० प्रतिशत साझेदारी रहने रहेने छ  । र यस परियोजना अन्तर्गत यस गाउँपालिका भित्रका देहाय अनुसारका सिंचाई आयोजनाहरु रहेका छन्:१. धुलपुजे टारी कुलो सिंचाई योजना२. फुङखोला सिंचाई योजना३. तिवाखोला ठाडे कुलो सिंचाई योजना४. गुरुङखोला गैरीगाउँ महिम्बा सिंचाई योजना५. राई कुलो सिंचाई योजना६. धनसार पिपलडाँडा सल्लेरी सिंचाई योजना गाउँपालिका भित्र महामारीजन्य रोगहरुको नियन्त्रण तथा रोकथामका  रु.१५ लाख विनियोजन  गरेको छु,मानव स्वास्थ्यलाई उच्च प्राथमिकता राख्दै औषधि खरिदका लागि रु.१५ लाख विनियोजन  गरेको छु, गाउँपालिका भित्रका जनताहरुको स्वास्थ्यलाई विशेष मध्यनजर गर्दै अस्पताल सम्म जनताको पहुँच छरितो र सुलभ तरिकाले पुर्याउनको लागि गत साल एम्बुलेन्स खरिदको प्रकृया बढाईएकोमा उक्त एम्बुलेन्स भन्सार छुट प्रकृयाबाट पास भईसकेको हुनाले उक्त एम्बुलेन्स यस गाउँपालिकाको स्वमित्वमा आउनेछ । उक्त एम्बुलेन्सलाई कार्यविधि बनाई यस पालिबा भित्रका अति विपन्न नागरिकहरुको पहुँच सम्म पुग्ने गरी सञ्चालनमा ल्याईनेछ । स्वास्थ्य क्षेत्रलाई आम नागरिकको पहुचमा पुर्याउन प्रत्येक वडाहरुमा स्वास्थ्य शिविर सञ्चालनको लागि रु. १० लाख विनियोजन गरेको छु । गाउँपालिका भित्र विभिन्न प्राकृतिक प्रकोपहरुको राहातको लागि र क्षतिग्रस्त पूर्वाधारहरु निर्माणको लागि राहात उद्दार कोष र विपद् व्यवस्थापन कोषमा आवश्यक रकम विनियोजन गरेको छु । गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक, भौतिक र व्यवस्थापकिय सुधारका लागि आवश्यक रकमको व्यवस्था गरेको छु । जनतामाझ प्रत्यक्ष सरोकार राख्ने र जनताको सेवा गर्ने क्लब/संस्थाहरुलाई आवश्यक बजेटविनियोजन  गरेको छु । गाउँपालिका भित्रका नागरिकहरुको प्रतिभा विकास तथा लुकेका प्रतिभाहरुको प्रस्फुटनको लागि आवश्यक रकमको व्यवस्था गरेको छु । महिला सशक्तिकरण, लैङ्गिक हिंशा तथा अपाङ्ग रोगथाम तथा पुनर्स्थापन कार्यक्रम सञ्चालनको लागि महिला,वालवालिका तथा जेष्ठ नागरिक शाखाबाट आवश्यक कार्यक्रम सञ्चालनको लागि रु.२५ लाख विनियोजन गरेको छु साथै ज्येष्ठ नागरिक कार्यक्रममा रु. ५ लाख र अपाङ्ग रोगथाम तथा पुनर्थापना कार्यक्रमका लागि क्रमश ५ लाख बजेट विनियोजन गरेको छु ।(ग) आर्थिक विकास क्षेत्रः यस गाउँपालिकाको आर्थिक विकासको मेरुदण्डकृषि तथा पशुपालन र सहकारी हो । सहकारी क्षेत्रको सर्वाङ्गीण विकास तथा कृषि र पशुपालनलाई परम्परागत निर्वाहमुखी प्रणालीबाट आधुनिक व्यावसायिक प्रणालीमा रुपान्तरण नगरेसम्म यस क्षेत्रको विकास असम्भब छ । तसर्थ आर्थिक क्षेत्रका समग्र विकासका लागि रु.२ करोड ७३ लाख ६७ हजार ५०० विनियोजन गरेको छु । युवा लक्षित रोजगार कार्यक्रमका लागि गाउँपालिका भित्र रहेका युवाहरुलाई रोजगारी तर्फ उन्मुख गर्दै रोजगारीको अवसर सृजना गर्न युवा लक्षित रोजगार कार्यक्रम र प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारीका लागि रु.३० लाख वजेटको व्यवस्था गरेको छु । व्यावसायिक कृषि प्रवर्धन कार्यक्रम, कृषि यान्त्रिकरण,आकस्मिक संक्रमक रोगबाट वालि संरक्षण कार्यक्रम,तथा कृषि कार्यक्रम सँग सम्बन्धित आवश्यकप्राङ्गरिकझोल जैविक मल व्यवस्थापन कार्यक्रम,माटो परिक्षण घुम्ती कार्यक्रमका लागि एकमुस्ट रु. २० लाख विनियोजन गरेको छु साथै पशु औषधि खरिद, भ्याक्सिनेटर परिचालन,पशु प्राविधिक आवश्यक सामाग्री खरिद तथा कृतिम गर्भाधान मिसन कार्यक्रमका लागि एकमुस्ट रु.१७ लाख विनियोजन गरेको छु ।र महामारी रोग व्यवस्थापन कार्यक्रमको लागि १५ लाख विनियोजन गरेको छु । गाउँपालिका भित्रका विभिन्न आय आर्जन मुलक कार्य गरिरहेका पुराना तथा नयाँ कृषि तथा पशुपालन क्षेत्रमा आवद्ध उद्यमीहरुलाई उद्योग वाणिज्य संघ सँगको साझेदारीमा व्यवसाय प्रवर्धन कार्यक्रम सञ्चालनका लागि आवश्यक रकम विनियोजन गरेको छु ।(घ) वातावरण र विपद व्यवस्थापनः यस गाउँपालिकामा वातावरणको संरक्षण र विपद व्यबस्थापन कार्य चुनौतीपुर्ण रहेको छ । प्राकृतिक तथा मानव सृजित कारणबाट हुन सक्ने विपद व्यबस्थापन तथा वातावरण संरक्षणका लागि विपद व्यवस्थापन कोषमा आवश्यक बजेट राखेको छु । गाउँपालिका भित्र विभिन्न प्राकृतिक प्रकोपहरुबाट क्षतिग्रस्त पूर्वाधारहरु निर्माणको लागि विपद् व्यवस्थापन कोषमा रु. ५० लाख विनियोजन गरेको छु र विभिन्न आवश्मिक विपद् तथा दिर्ध रोग बाट पिडित नागरिकहरुको उद्दार, राहात र पुनर्स्थापनाको लागि राहात उद्दार कोषमा रु.२० लाख विनियोजन गरेको छु । साथै यस आ.व.बाट उपर्युक्त कोष स्थापनाको लागि गाउँपालिकाले सम्बन्धित निकाय सँग समन्वय गरी विपद् व्यवस्थापन कोष र राहात उद्दार कोष नामक दुईवटा कोषहरुको स्थापनार्थ कार्य अघि बढाईसकेको छ । गाउँपालिका भित्रका सामुदायिक वन तथा सार्वजानिक स्थालहरु तथा क्षेत्रहरुमा वृक्षरोपणअभियान सञ्चालनका लागि आवश्यक रकमको व्यवस्था गरेको छु । गाउँपालिका भित्रका सार्वजनिका बजारहरुमा फोहोर मैलाको उचित व्यवस्थापन गर्न पुन:चक्रण र पुन:प्रयोगलाई मध्यनजर गर्दै फोहोर मैला तथा डम्पिङ साईट व्यवस्थापनका लागि आवश्यक रकम विनियोजन गरेको छु । जलाधार र सिमसार क्षेत्रको संरक्षण र प्रवर्धनका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।(ङ) संस्थागत विकास सेवा प्रवाह र सुशासनः गाउँपालिकाका सम्पूर्ण वडाहरुमा विभिन्न विषयहरुमा नागरिकमुखी, जनमुखी एवं नागरिकको घरदैलो सम्म पुगेर सेवा प्रदान गर्ने उद्देश्यले घुम्ती सेवाको व्यवस्थाको लागि आवश्यक १ करोड ७४ लाख १० हजार वजेट विनियोजन गरेको छु  । विभिन्न संघ संस्था सँग आपसी साझेदारीमा आवश्यक विभिन्न क्षेत्र सँग सम्बन्धित कार्यक्रम सञ्चालनका लागि रु. २० लाख विनियोजन गरेको छु । कानुनी राज्यको प्रत्याभुत सम्बन्धमा र कानुनी बहस तथा पैरवी कार्यक्रम सञ्चालनका लागि नेपाल वार एसोसिएसनसँगको साझेदारीमा कानुनी शिक्षा कार्यक्रम प्रदानको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु र न्यायिक समिति व्यवस्थापन तथा अन्य सुशासनका क्षेत्रमा  रु. १० लाख  बजेट व्यबस्था गरेको छु सहकारी संञ्जाल तथा संयन्त्रहरुको विकास तथा प्रवर्धनको लागि रु.५ लाख विनियोजन गरेको छु । गाउँपालिका अन्तर्गत सञ्चलन हुने विभिन्न योजना, कार्यक्रम र कार्यसम्पादन लाई पारदर्शी तरिकाले आम नागरिकमा सूचनाको माध्यमबाट जानकारी दिन सञ्चार क्षेत्रको विकास र सहकार्यका लागि स्थानीय स्तरका सञ्चार गृह प्रवर्धन कार्यक्रम सञ्चालनको लागि आवश्यक रकम विनियोजन गरेको छु । जनप्रतिनिधी र कर्मचारीहरुलाई नागरिक प्रति उत्तरदायी, जवाफदेही र जिम्मेवार हुन निरन्तर सार्वजनिक सुनुवाई एवं गुनासो सुनुवाईको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु । गाउँपालिका भित्रका नव सृजनसिल प्रतिभाहरुको उत्थान एवं प्रोत्साहान गर्न र सोको लागि अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न आवश्यक बजेट राखेको छु । गाउँपालिका भित्र अध्यनरत उत्कृट विपन्न विद्यार्थीहरुलाई अध्ययनमा सहयोगार्थ रत्न कुमार वान्तवा वहुउद्धेसिय शिक्षालयको साझेदारी कार्यक्रमको  लागि ५ लाख विनियोजन गरेको छु साथै गाउँपालिकाभित्र अध्ययनरत MBBSपढ्ने विद्यार्थीहरुलाई सम्बन्धित शिक्षालय सँग आपसी समन्वय गरी प्रोत्साहानार्थ रु.८ लाख प्रदान गर्नको लागि विनियोजन गरेको छु । गाउँपालिकाको शान्ति सुरक्षालाई सु-व्यवस्थित गर्न स्थानिय प्रहरी प्रशासन सँग समन्वय, सहकार्य गर्दै अघि बढ्न प्रहरी चौकीको पूर्वाधार निर्माण र विपद जन्य अवस्थाहरुमा उद्दार, राहात र पुनर्स्थापनाको लागि आवश्यक योजना बनाएको छु ।(च) कोषको व्यबस्थाः विकासका साझेदार संघ/संस्थाहरुको सहायताबाट लाभ लिन र त्यस्ता साझेदारहरुलाई विकासमा लगानीको प्रोत्साहन समेत गर्न रु. ७० लाखको समपुरक कोष स्थापना गर्ने प्रस्ताव गरेको छु ।(छ) खेलकुद गाउँपालिका भित्रका खेलाडी तथा खेलकुद प्रेमी युवाहरुको प्रतिभा, क्षमता विकास गर्न तथा लुकेका खेल प्रतिभा प्रस्फुटन गर्न गाउँपालिका स्तरीय र विद्यालय स्तरीय खेलकुदका लागी रु.२० लाख विनियोजन गरेको छु ।सभाका अध्यक्ष महोदय,सभाका सदस्यज्यूहरु,११. अब म बजेटको स्रोतको व्यवस्था सम्बन्धि योजना प्रस्तुत गर्दछु । प्रचलित कानून अनुसार गाउँपालिकाले आफ्नो क्षेत्रभित्र संकलन गर्ने कर, सेवा शुल्क, दस्तुर, राजश्व वांडफांडबाट प्राप्त हुन सक्ने रकम, संघीय तथा कोशी प्रदेश सरकारले उपलब्ध गराएको अन्तर सरकारी वितीय हस्तान्तरण साथै आ.ब. को जिम्मेवारी रकम समेत गरी चालु आर्थिक बर्षमा विभन्न श्रोतहरुबाट रु. ५८ करोड ७७ लाख ८८ हजार  रुपैया प्राप्त हुने अनुमान गरेको छु।जसको विस्तृत विवरण अनुसुची-१ मा संलग्न छ ।१२. मैले यस सभा समक्ष पेश गरेको उल्लेखित कार्यक्रम र बजेट कार्यान्वयन गर्न निम्नानुसार हुने व्यबस्था मिलाएको छुक) चालु खर्च तर्फ सबै शिक्षक,कर्मचारीहरुको तलब, भत्ता, महंगी भत्ता, पोशाक सुविधा, चाडपर्व खर्च, गाउँपालिका तथा वडा कार्यालय संचालन लगायतका शिर्षकमा प्रचलित कानूनले तोकिएको दरमा नबढ्ने गरी रकम समावेश गरिएको छ ।यसका साथै यसै शिर्षकमा जननिर्वाचित पदाधिकारीहरुको लागि सेवा, सुविधा र पारिश्रमिकको रकम समावेश गरिएको छ ।ख) आ.ब. २०८०।०८१देखि उपभोक्ता समिति मार्फत संचालन हुने योजना तथा कार्यक्रमको लागत अनुमान नेपाली भाषामा पनि तयार गरी कार्यान्वयन गरिने व्यबस्था मिलाएको छु ।ग) स्वीकृत योजना तथा कार्यक्रमहरु त्रैमासिक कार्य योजना अनुसार कार्यान्वयन हुने व्यवस्था मिलाएको छु ।घ) संघीय सरकार, प्रदेश सरकार र गाउँपालिकाबाट स्वीकृत कार्यक्रम दोहोरिएमा संघको कार्यक्रमले प्रदेशको कार्यक्रमले गाउँपालिकाको कार्यक्रम स्वतः विस्थापित गर्नेछ । सभाबाट स्वीकृत यस्तो विस्थापित कार्यक्रमको कार्यान्वयन गाउँ कार्यपालिकाको निर्णयानुसार हुनेछ ।१३. व्यय सम्बन्धि विवरणः(क) चालु तर्फः यस शिर्षक अन्तर्गत शिक्षक, कर्मचारी तथा निर्वाचित पदाधिकारीहरुको तलब, भत्ता, पारिश्रमिक र अन्य सुविधा, गाउँ कार्यपालिका तथा ७ वटै वडा संचालन खर्च तथा चालु प्रकृतीका अन्य खर्चहरुको लागि आन्तरीक श्रोत, बैंक मौज्दात, संघीय तथा प्रदेश समानिकरण अनुदान, संघीय सशर्त अनुदान, संघीय तथा प्रदेश राजश्व वांडफांड समेत बाट रु.३२ करोड ८६ लाख २० हजारअर्थात ५५.९१प्रतिशतविनियोजन गरेको छु ।(ख) पुंजीगत तर्फः प्रस्तावित बिभिन्न योजना तथा कार्यक्रम संचालनको लागि समानिकरण अनुदानबाट पूँजिगत तर्फ रु. २५ करोड ७१ लाख ६८ हजार रुपैयाअर्थात ४४.०९प्रतिशतविनियोजन गरेको छु ।(ग) आर्थिक बर्ष २०८०।०८१का लागि चालु र पुंजीगत समेत गरी रु. ५८करोड ७७ लाख ८८ हजाररुपैयाहुने अनुमान गरेको छु । व्ययको समष्टिगत विवरण अनुसुची-२ मा उल्लेख गरेको छु ।सभाका अध्यक्ष महोदय,सभाका सदस्यज्यूहरु,१४. विनियोजित बजेट खर्च गर्न र बजेटलाई पुर्णता दिन यसै बजेटको अभिन्न अंगको रुपमा यस सम्मानित सभा समक्ष फाकफोकथुम गाउँपालिकाको विनियोजन विधेयक, २०८० र आर्थिक विधेयक, २०८० समेत स्वीकृतीको लागि पेश गरेको छु ।१५. पदाधिकारीहरुको लागि पारिश्रमिक र अन्य सुविधाःजननिर्वाचित पदाधिकारीहरु मध्ये कसैले आफ्नो पुरै समय र कसैले आधा भन्दा बढि समय कानूनले तोकेको जिम्मेवारी पुरा गर्न खर्चिनु पर्ने अबस्था रहेको छ । यस्तो अबस्थामा पदाधिकारीहरुलाई प्रदेश कानूनले तोकेको सेवा, सुविधा उपलब्ध गराइने ब्यवस्था मिलाइएको छ।सभाका अध्यक्ष महोदय,सभाका सदस्यज्यूहरु,   १७. यस गाउँपालिकालाई प्राप्त अनुदान, राजश्व बांडफांड र आन्तरीक श्रोतबाट मात्र संचालन गर्न असम्भब भएका ठुला विकास योजना/परियोजनाहरु संचालनको लागिसंघीय सरकार, प्रदेश सरकारर दातृ निकाय समेतलाई अनुरोध गरिनेछ । त्यस्ता ठुला र महत्वपुर्ण योजनाहको सुची गाउँ कार्यपालिकाले तयार गरे बमोजिम हुनेछ ।   १८. प्रस्तुत बजेट तथा कार्यक्रम निर्माण कार्यमा आफ्नो महत्वपुर्ण सुझाव उपलब्ध गराउनु हुने राजनीतिक दल, गाउँपालिकाका पदाधिकारी तथा सदस्यहरु, अन्य प्रबुद्धवर्ग, बिषयगत शाखाका संयोजकहरु, संघ/संस्थाहरु, सम्पर्ण फाकफोकथुमबासी जनताहरुलाई लाई धन्यवाद दिन चाहन्छु । सो कार्यमा अहोरात्र खटिरहने गाउँपालिकाका सम्पूर्ण कर्मचारीलाई बिशेष धन्यवाद दिन चाहन्छु ।१९. अन्त्यमा, फाकफोकथुमको विकास र समृद्धिमा निरन्तर सहयोग पुर्याउनु हुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै बजेटको सफल कार्यान्वयनमा सम्बद्ध सबै पक्षबाट आवश्यक सहयोग, सद्भाव र सहकार्य हुनेछ भन्ने विश्वास लिएको छु ।आर्थिक वर्ष २०८०।०८१ को विनियोजित बजेटबढी भन्दा बढी मतले पारित गरियोस भनी यस सम्मानित हलमा प्रस्ताव पेश गर्दछु ।समष्टिगत आय अनुमानसि.नं. आम्दानीका श्रोत तथा क्षेत्रहरु रकमअंकमाअक्षरमाखर्च प्रतिशत१ संघीयसरकार सशर्त अनुदान २७०,८००,००० २७ करोड ८०हजार 46.07२ संघीयसरकार समानीकरण अनुदान ९५,३००,००० ९ करोड ५३लाख 16.21३ संघीयसरकार राजस्व बाँडफाँड ८०,०६६,००० ८ करोड ६६हजार 13.62 ४ संघीयसरकार समपुरक अनुदान १०,०००,००० १ करोड 1.70 ५ संघीयसरकार विशेष अनुदान ८,२००,००० ८२ लाख 1.40६ कोशीप्रदेश सरकार सशर्त अनुदान १०,२४३,००० १ करोड २४लाख तीन हजार 1.74७ कोशीप्रदेश सरकार समानीकरण अनुदान ५,८२९,००० ५८ लाख २९हजार 0.99८ कोशीप्रदेश सरकार राजस्व बाँडफाँड ४,८६४,००० ४८ लाख ६४हजार 0.83९ कोशीप्रदेश सरकार समपुरक अनुदान १०,०००,००० १ करोड 1.70१० अन्तरसरकारी वित्तिय हस्तान्तरण माग ५०,०००,००० ५ करोड 8.51११ वर्गिकरणनभएको (अन्य श्रोत) ३२,४८६,००० ३ करोड २४ लाख ८६ हजार 7.06१२ बैंकमौज्दात ० ० 0.00१३ आन्तरिक आयअनुमान १०,०००,००० १ करोड 0.17जम्मा ५८७,७८८,००० रु. ५८करोड ७७ लाख ८८ हजाररुपैया 100.00साष्टिगत व्यय अनुमान २०८०।०८१सि.नं. व्ययका क्षेत्रहरु रकमअंकमाअक्षरमाखर्च प्रतिशत१ चालुतर्फ (गाउँ कार्यपालिकाको कार्यालय संञ्चालन तथाप्रशासनिक खर्च) ९०,१४५,००० ९ करोड १४लाख ५ हजार 15.34२ संघीय सरकार शसर्तयोजना/कार्यक्रहरु २७०,८००,००० २७ करोड ८०हजार 46.07३ संघीय सरकार समपुरकयोजना १०,०००,००० १ करोड 1.70४ संघीय सरकार विशेष अनुदान योजना ८,२००,००० ८२ लाख 1.40५ संघीय सरकार समपुरक योजना १०,०००,००० १ करोड 1.70६ कोशी प्रदेश सरकार शसर्त योजना/कार्यक्रहरु १०,२४३,००० १ करोड २४लाख तीन हजार 1.74७ कोशी प्रदेश समपुरक योजना १०,०००,००० १ करोड 1.70८ वडा सिलिङ योजना/कार्यक्रहरु ३५,०००,००० ३ करोड ५०लाख 5.95९ भुक्तानी बाँकी योजनाहरु(अनुमानित) १५,०००,००० १ करोड ५०लाख 2.55१० साना सिंचाई लागत साझेदारी कार्यक्रम ९,४००,००० ९४ लाख 1.60११ गाउँपालिका पूँजिगत(शाखागत, विषयगत कार्यक्रम तथायोजनाहरु ) ११९,०००,००० ११ करोड ९० लाख 20.25जम्मा ५८७,७८८,००० रु. ५८करोड ७७ लाख ८८ हजाररुपैया 100.00

TOP