कृषि क्षेत्रको गुणस्तर सुधारमा सरकारको चासो आवश्यक – Balen Path
समाचार दशनामी समाज इलामको अध्यक्षमा तुलाराम पुरी अर्थ वाणिज्य कृषि ज्ञान केन्द्र इलामको बार्षिक स्वीकृत कार्यक्रम सार्वजनिक अर्थ वाणिज्य इलामको जौवारीबाट ४ लाख बढीको भन्सार छलीको समान सशस्त्र प्रहरीद्धारा नियन्त्रण Uncategorized इलामको जौवारीबाट ४ लाख बढीको भन्सार छलीको समान सशस्त्र प्रहरीद्धारा नियन्त्रण प्रदेश १ इलामका १५ कर्मचारी पुरस्कृत Uncategorized करेन्ट लागेर इलामका अमृतको मृत्यु प्रदेश १ कोशीका मुख्यमन्त्रीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा एमालेको रिट प्रदेश कोशी प्रदेश सभा अनिश्चितकालका लागि स्थगित अर्थ वाणिज्य सहारा नेपालको आयोजनामा रोङमा कपुरधुप बनाउने तालिम सम्पन्न अर्थ वाणिज्य फिक्कलको पार्वती मेडिकोले बुझायो २ लाख जरिवाना
Balen Path menu advertisement

कृषि क्षेत्रको गुणस्तर सुधारमा सरकारको चासो आवश्यक

  • प्रकाशित मितिः July 12, 2024
  • balenpath

फिक्कल : कृषि क्षेत्रको गुणस्तर सुधारका सरकारको चासो आवश्यक रहेको इलामका आयोजित कार्यक्रमका सहभागिहरुले बताएका छन् । इलामको सूर्योदय नगरपालिका–८ शान्तिचोकमा आयोजित किसानसंग कृषिमन्त्री कार्यक्रमका सहभागीहरुले कृषि क्षेत्रको विकास र विस्तारका लागि गुणस्तर सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए ।

प्रसवि मिडिया प्रालिको आयोजनामा कृषि क्षेत्रका सरोकारवाला र प्रदेशका कृषिमन्त्री झलकसिंह मगरसंगको अन्तरक्रियामा कृषि क्षेत्रमा गुणस्तरियता नहुँदा नेपालको उत्पादनले आन्तरिक र तेश्रो देशको बजारमा समस्या भोग्दै आएको सहभागिहरुको जोड थियो । तीनै तहको सरकारसंगको समन्वयबाट कृषि र पशु सेवाका समस्या समाधानमा अघि बढिरहेका छौ । आगामी दिनमा नीति निर्माण र समस्यामा समाधनका लागि छलफलको थलो रहेको छ ।

प्रदेश सरकारका कृषि मन्त्री झलकसिंह मगरले अर्थतन्त्रको हिस्सामा २९ प्रतिशत कृषि क्षेत्रले गरेको छ । देशले रेमिट्यान्सले मात्र धान्न सम्भव नभएकाले कृषिको माध्यमबाट अघि बढाउनुपर्ने उनले बताए । दुध, चिया, अदुवा, अलैची, मासुजन्य पदार्थ, पुष्प व्यवसाय अलैची नै प्रदेश १ को सम्भावनाको क्षेत्र रहेको मन्त्री मगरले बताए । कृषि क्षेत्रका केही जटिल समस्याहरु संघीय सरकारसंगको सहकार्यमा हल हुनेमा विश्वस्त रहन कृषकहरुलाई आग्रह गरे । मन्त्री मगरले चिया क्षेत्रमा देखिएको समस्याहरु गम्भिर भएकाले संघीय सरकारले भारत र अन्य तेश्रो मुलुकसंग कुटनीतिक छलफल गरेर समाधानका लागि लाग्नुपर्ने बताए ।

प्रदेश सांसद धिरेन्द्र शर्मा रमणले लाइभस्टक, पशुपंक्षी र मौरीपालनले अर्गानिक क्षेत्र तर्फ जाने मुल श्रोत हुने बताए । चिया अलैची अनुसन्धन केन्द्रका लागि इलामको साखेजुङ कार्यालय स्थापना गरिएको बताउँदै शर्माले जग्गा प्राप्ती र इन्जिनियरीङको कार्य अघि बढेकाले चियाको क्लोन विकास र अलैची क्षेत्रको पुनरुत्थान गर्न सकिने बताए । कृषि उत्पादनमा गुणस्तरियता कायम गर्दै विश्वनियता बढाउनुपर्ने बताए । दुग्द्यजन्य उद्योगहरु स्थापना गरेर आयात प्रतिस्पथापनमा अघि बढे आर्थिक उपार्जनमा समेत सहज हुनेमा उनले जोड दिए ।

सूर्योदय नगर उपप्रमुख दुर्गा बरालले चिया क्षेत्रको समस्या समाधानका लागि नगर गम्भिर रहेको बताए । उनले चिया किसानहरुको उत्पादनलाई कार्यविधि बनाएर न्युनतम ४० रुपैया दिने प्रयास भएको समेत बताए । बरालले किसानहरुलाई चियाको मुल्य सुनिश्चित गर्न नै कार्यविधि अघि सारिएको बताए । युवा पुस्ताले सकारात्मक सोचका साथ अघि बढे समस्याहरु सहजै हल भएको जानेमा जोड दिए ।

रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोलेले पालिकाले हाल सहुलितय कर्जा उत्पादन भन्दा पनि उत्पादनपछिको परिणामलाई केन्द्रित हुने मोडलमा लग्ने गरिने प्राथमिकतामा राखिएको बताए । स्थानीय जनताहरुको छरिएर रहेका उत्पादनलाई एकत्रित गर्ने कार्यका लागि सहकारी उपयोगी हुने समेत उनले बताए । अनुदानको कार्यलाई बन्द गरेर किसानहरुलाई सहुलितय ब्याजमा लगानी गर्दा कृषि क्षेत्रले समृद्धि हासिल गर्ने उनले बताए ।

निर्वतमान प्रदेश सांसद काजीमान कागतेले नीति र बजेट तर्जुमा गर्नुभन्दा पहिला किसानहरुसंग अन्तरक्रिया हुन सक्दा सकारात्मक काम हुने बताए । कृषिमा प्रदेशले धेरै फड्को मारेको बताउँदै कागतले व्यवस्थापन गर्न जरुरी देखिएको बताए । कृषिलाई पर्यटनमा लाग्ने बिषयमा कृषि मन्त्रालयबाट छुटनु नहुने बताए । चिया क्षेत्रसंग जोडिएका पर्यटन अहिलेको अवस्थामा सम्म आइपुगको बताउँदै व्यवस्थापन आवश्यक रहेको बताए । प्रदेशमा चियाको बोर्ड आवश्यक रहेको बताउँदै कागतेले कफिको समेत विस्तार आयोजना हुनुपर्नेमा जोड दिए ।

कृषि मन्त्रालयका सचिव मेघनाथ तिम्सिनाले कृषि र पशुजन्य उत्पादन गुणस्तरियतामा माथी उठेको प्रश्न बारेमा स्वकार गर्नुपर्ने बताए । कृषि मन्त्रालय उत्पादन गुणस्तरियतामा केन्द्रित रहँदै स्वदेशी उपभोक्तालाई लक्षित गरेर सर्व प्रथम लाग्नुपर्ने बताए । संस्थागत रुपमा कृषि र पशु क्षेत्रमा चाहिने प्रविधि उपकरण र सेवाको सन्र्दभका प्रदेश सरकारले सदैव सहयोग गर्ने उनले बताए । कृषि क्षेत्रमा नीजि क्षेत्र समेत फस्टाउन नसकेको बताउँदै तिम्सिनाले आयात गरेर विक्रीमा नीजि क्षेत्रले फाइदा लिएपनि किसानको उत्पादनमा सकारात्मक प्रभाव नदेखिएको बताए ।

प्रदेश कृषि निर्देशनालयका निर्देशक प्रकाश डाँगीले प्रदेश सरकारमा जनशक्ति कमी नहूँदा प्रेस्टिसाइड जाच्ने प्राविधिक अभाव भएको बताए । प्रदेशमा विषादी नियमावली समेत बनाउन नसक्दा समस्या देखिएको बताए । उनले कन्याम चिया बगान क्षेत्रको गोदाममा प्रतिबन्धित भनिएको बिषादी नभेटिएको बताए । अलैचीका व्यवस्थापन नभएकाले समस्या भएको बताए । व्यपारीहरुले कम मुल्यमा खरिद गरेर अन्तराष्ट्रिय बजारमा मुल्य घटवढ भएको भन्ने बारेमा सोच विचार गर्नुपर्ने बताए । प्रदेशबाट आवश्यक प्राविधिक सेवा र अन्य सेवा सम्बन्धित सुझावबाट अघि बढ्ने बताए ।

पशुपन्छी तथा मत्स्य शाखा निर्देशक डा पशुपति ढुंगानाले आयात निर्यातमा नियन्त्रण सम्बन्धी भारतको चिज बन्द गरिएको भएपनि अहिले छापछाप्ती पाइने गरेको बताए । यस बारेमा गम्भिर भएको बताए । डगच्युको नाम गएको उत्पादन रोकिएको खण्डमा व्यवस्थापन चुनौती रहेको बताए ।
यस बारेमा दुग्द्य व्यसायीहरु एकजुट भएर विविधिकरणमा लाग्नुपर्ने बताए । खोरेत रोग उन्मुलन सहज नभएको बताउँदै तीन तहको सरकारको समन्वयमा खोप लगाउने र नियम कानुन पालना गराउने कार्य हुनुपर्ने बताए । देशरभर एकै पटक खोरत उन्मुलन सम्भव नभएकोले निश्चित क्षेत्र तोकेर काम अघि बढाउने तयारी भएको उनले बताए ।

कृषि मन्त्रालय योजना महाशाखा प्रमुख पशुपति पोखरेल गुणस्तर सुधार गर्ने बारेमा प्रदेश सरकार कान्छो सरकार भएकाले थोरै जनशक्ती भएकाले चिया अलैची क्षेत्रमा विज्ञहरुको अभावका कारण चुनौती देखिएको बताए । हरेक पालिकामा कृषि र पशु विज्ञहरु राख्नका लागि निजामती ऐन नभएकाले समस्या देखिएको बताए । स्वास्थ्य उत्पादन गर्न सके विश्वकै जुनसुकै ल्याबमा समेत सफल हुने बताए ।

अलैची विकास केन्द्रकी बागवान अधिकृत अनुपा सुवेदीले मुल्यमा भारतीय नियन्त्रणमा रहेकाले समस्या रहेको बताइन् । उनले गत बर्षको तुलनामा यस बर्ष अलैचीका उत्पादन बढको बताइन् ।केन्द्रिय चिया सहकारी संघका केन्द्रिय सदस्य कृष्ण सुवेदीले केही समय अघि भएको कृषि सम्बन्धी कार्यक्रमको राखिएको बुदागत कार्यपत्रको बारेमा भएको प्रगतीको बारेमा जिज्ञासा राखेका थिए । उनले छलफलका क्रममा आएको बिषय कार्यान्वयन भए आशावादी रहेको बताए ।

चिया उद्योगी महेश अर्यालले किसानहरुलाई सहुलियत दरमा ऋण र अनुदान हुनुपर्ने बताए । उनले स्थानीय सरकार जस्तै संघ र प्रदेशको सरकार दिगो हुनुपर्ने बताए । अर्यालले चिया नै कृषिमा नरहेको गुनासो राख्दै मलखादमा चिया क्षेत्रलाई विभेद गरिएको बताए ।फुल व्यवसायी लासाङ तामाङले विदेशबाट लाखौ रुपैया फुल आयात भएको बताउँदै प्रदेश कृषि मन्त्रालय र कृषि ज्ञान केन्द्रबाट अनुदानको पाटोमा विभेद भएको बताइन् । उनले फुल व्यवसायमा सरकारले अनुदान दिन नसकेको बताइन् ।

नेकपा एकिकृत समाजावादीका अध्यक्ष कमल गदालले पशुपतिनगरमा रहेको चिज उद्योग संचालनमा नहुँदा राज्यले कर्मचारी पाल्नु भन्दा अन्य क्षेत्रमा समायोजना गरिनुपर्ने बताए । गदालले चिज उद्योगको संरचनालाई अन्य प्रयोजनमा लगाउन समेत सुझाव दिए । कार्यक्रममा किसान सुरेश भट्टराईले अदुवामा विषादीको प्रयोगले गुणस्तर र उत्पादनमा समेत ह्रास आएको बताए । उनले अदुवाको मुल्य नहूँदा किसानहरुको उत्पादनले लाभ दिन नसकेको गुनासो राखे ।

अलैची व्यवसायी महासंघको केन्द्रिय सदस्य कुसुम दाहालले ट्रेडमार्क नहुँदा नेपालको अलैची अन्तरराष्ट्रिय बजारमा समस्यामा परेको बताइन् । अलैची क्षेत्र रोगले सखाप भएकाले सरकारले यस बारेमा गम्भिर हुनुपर्ने बताइन् ।होमस्टे व्यवसायी महासंघको उपाध्यक्ष लिला भट्टराईले कृषि र पर्यटनलाई संगै लिएर जान सके आर्थिक उपार्जनमा समेत सहज हुने बताइन् । सुन्दरपानी चिया सहकारीका व्यवस्थापकले पटक पटक कृषि क्षेत्रमा समस्या र समाधानका बारेमा पटक पटक सुझावहरु दिएपनि कार्यान्वयन फितलो भएको बताए । उनले अर्गानिकरणका लागि सरकारले जोड दिनुपर्ने बताए ।

अग्रज चिया किसान मान बहादुर लाप्चाले चिया क्षेत्रलाई अर्गानिकरण गर्नुपर्ने माग उठेपनि विकल्प नभएको बताए । उनले चियाका आधा उमेर बिताएपनि हालसम्म चियामा रसायनिक मलखादको विकल्प नदेखिएको बताए ।नेकपा एमाले सूर्योदयकी अध्यक्ष एवम निवर्तमान नगर उपप्रमुख दुर्गादेवी भट्टराईले हरेक वडामा कृषि प्राविधिक हुनुपर्ने बताइन् । उनले कन्याम चिया बगान आसपासमा बिषादीको प्रयोगले क्यान्सरको जोखिम देखिएकोमा चिन्ता व्यक्त गरिन् । भट्टराईले बिषादीको विकल्पमा प्रांगारिक मलखादको व्यवस्थापन गर्न आग्रह गरिन् ।

सूर्योदय नगर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राईले नेपाल भारत नाका सहज बनाए नेपालको कृषि उपज निर्यातमा सरकारी पहल हुनुपर्ने बताए । राईले नेपालमा उत्पादन भएका कृषि उपजहरु भारत निर्यात भइरहेपनि नाका बैधानिक नहुँदा समस्या देखिएको बताए । आयात निर्यातका बारेका तीनै तहको सरकारले ध्यान दिनुपर्ने उनले बताए ।

चिया किसान माधव निरौलाले चिया तथा कफि विकास बोर्डलाई छुट्याउनुपर्ने बताए । उनले पुर्वका चिया खेती र पश्चिममा कफि खेतीको सम्भावना उच्च भएकाले अलग अलग बोर्डको आवश्यकता पर्ने बताए । चिया किसान एवम संचारकर्मी जयकुमार राईले अर्गानिक किसानहरुलाई छुट्टै अनुदान र प्रर्वद्धनको कार्यक्रम ल्याउनुपर्ने बताए । राईले किसानहरुले उपयोग गरिरहेको जग्गा मुल बाटोबाट टाढा पर्ने भएकाले ऋण लिन असहज भएको बताए । उनले जग्गाहरु मुल्यहिन हुने भएकाले ऋण लिनका लागि किसानहरुलाई सकस भएको बताए ।

दुध किसान सञ्जिव प्रधानले सडक सञ्जाल नहुँदा ग्रामिण क्षेत्रमा उत्पादन भएको दुधले मुल्य नपाएको गुनासो राखे । तीनै तहका सरकारले कृषि सडकमा लगानी गरिदिए समाल्बुङ जस्तो क्षेत्रको दुधले समेत उच्च मुल्य पाउन सक्ने बताए ।पशुपालक किसान सुवा चौरासेले सरकारले पशु क्षेत्रलाई प्राथमिकतामा नराखेको गुनासो गरे । उनले आर्थिक उपार्जनको माध्यम पशुपालन सरकारको उच्च प्राथमिकतामा रहनुपर्ने बताए ।चिया किसान कमल खड्काले सरकारले अर्गानिक गर्ने नीति लिएपनि सहयोग नगरेको बताए । उनले अर्गानिक प्रमाणिकरणका लागि लाखौ रुपैया लाग्ने भएकाले किसान स्तरबाट सम्भव नभएकाले सरकारले सहयोग गर्नुपर्ने बताए ।

चिया किसान अविनन्द गिरीले चियामा जथाभावी विषादीको प्रयोगले गुणस्तर खस्किएको बताए । उनले चिया तथा कफि विकास बोर्डले चिया क्षेत्रमा पर्याप्त सहयोग गर्न नसकेको बताए । गिरीले चिया टिपाई देखि बजारसम्म पु¥याउन सहयोग गर्न आवश्यक देखिएको बताए ।चिज उद्यमी।महेन्द्र प्रधानले भारतीय चिजका कारण नेपाली चिज संकट परेकाले आयात रोक्न सरकारी पहल हुनुपर्ने बताए । उनले अमुल चिजका कारण नेपाली चिज संकटमा परेको बताए । कार्यक्रममा विभिन्न संघसंस्थाले कृषि मन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए । कार्यक्रममा प्रशवि मिडियाका निर्देशक विवेक गौतमले स्वागत र पत्रकार राजु अधिकारीले संचालन गरेका थिए ।कार्यक्रमको अध्यक्षतामा संस्थाका अध्यक्ष प्रभात घिमिरेले गरेका थिए।लोकल शन्देशबाट

TOP